गजल


लेखक : लेखापढी      १९ चैत्र २०७८, शनिबार ०७:५२ मा प्रकाशित     
गजल

परिवर्तन आउन बिहानी चाहिन्छ रातले हुदैन
इतिहास कोर्न कागज चाहिन्छ पातले हुदैन ।।

हटेन कहिल्यै बिभेदी जालो यथावत रह्योनि
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन

विधि र बिधान कागजी कोरा ब्यबहारमा छैन है
कानुनको प्रयोग बातले गर्छ लातले हुदैन

नखोजौ जोरि बलियासङ्ग निमुखा बचौ है
युद्धमा जान यन्त्र चाहिन्छ हातले हुदैन

सहकार्य गरौ साहित्यमा अब मिलेर आपसी
सम्बन्ध दिगो बिश्वासले हुन्छ घातले हुदैन।


अम्बिका दाहाल
उर्लाबारी ,मोरङ्ग