रत्नप्रसाद अनामणि श्रेष्ठको गजल


लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार २२:२२ मा प्रकाशित     
रत्नप्रसाद अनामणि श्रेष्ठको गजल

भर्खरै चिनजान भाको थ्यो पल्क्यो जिन्दगी
मुटुको कुनामा ख्यालख्यालैमा सल्क्यो जिन्दगी ।।

किसानलाई मात्र वर्षाको महत्व थाहा हुन्छ
असारको बैशालु वर्षासँगै छल्क्यो जिन्दगी ।।

थुप्रै रंगीन फोटोहरूसँगै दौडदै हिँडेपनि
किन आज उनको फोटोसँगै झल्क्यो जिन्दगी।।

आफ्नै स्वाभिमानमा सँधै हिँडिरहने मान्छे म
आज थाहै नपाई कसैसँग ढल्क्यो जिन्दगी ।।

(रत्नप्रसाद अनामणि श्रेष्ठको जन्म काभ्रेको नालामा भएको हो । हाल उहाँ गोगंबु, काठमाडौंमा बसोबास गर्दै साहित्य लेखन, संस्थागत गतिविधि एवम् साहित्यिक पत्रिकाको सम्पादनमा आफ्नो क्रियाशीलता देखाइरहनु भएको छ । बहुविधाका लेखक श्रेष्ठ बहुविषयमा कलम चलाउनु हुन्छ । आज हामीले उहाँको ख्यालै ख्यालमा सल्क्यो जिन्दगी गजल कृतिबाट एक गजल प्रस्तुत गरेका छौं ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!