अंकुर चन्दले गजल मार्फत मायाको प्रस्ताब


लेखक : लेखापढी      १६ आश्विन २०७७, शुक्रबार २३:२५ मा प्रकाशित     
अंकुर चन्दले गजल मार्फत मायाको प्रस्ताब

मैले लाको माया अन्तिम, नभै उदगम हुन्छ भने !
आउला म मुटु दिन , साँच्चै घरजम हुन्छ भने !!

सधैँ साँझ रित्याउने, बोतल ल्याउनु पर्दैन भो,
नशालू ती नयन जुधाइ, नशा रमझम हुन्छ भने !!

गुनासो क्यै हुनेछैन्, रहुँला म मुटु दुखाइ,
भेट्न आऊ या नआऊ, माया हरदम हुन्छ भने !!

किन लाउनु माया मुटु, नभई पत्थर हुनेसँग,
शुरु नभई पनि मुटु, दुखाइ खत्तम हुन्छ भने !!

अङ्कुरको बस्तीबाट, अन्तै बसाई सरे पनी,
तिम्रै बाटो हेरी बस्छु, फेरि सङ्गम हुन्छ भने !!


अङ्कुर चन्द
कञ्चनपुर
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।-लेखापढी म्यागजिन)