गजल


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १२:१२ मा प्रकाशित     
गजल

कहाँ सजिलो छ र हिड्ने बाटो बनाउन।
जिन्दगी लाग्छ जिन्दगीकै पाटो बनाउन।

तिम्रो प्रहारहरू अचेल प्यार जस्तै लाग्छ,
सिकेर आफ्नै आलो घाउ खाटो बनाउन।

थिचिदा-थिचिदै पत्थर भएको मान्छे म,
युग नै लाग्ला मलाई उर्वर माटो बनाउन।

पढेर एउटा ठूलो भुल गरियो जिन्दगीमा
सकिन आफुलाई नबोल्ने लाटो बनाउन।

घुर्की त्यसैले लाउँछ सारा संसार बनाउने,
मेहनत गर्दैन आफ्नै लुगा-फाटो बनाउन।


धर्मानन्द भट्ट 
महेन्द्रनगर, कंचनपुर


(सुदूरपश्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)

गजल

भर्खरै