गजल (अंकुर चन्द)


[ss_social_share]
लेखक : लेखापढी      २ फाल्गुन २०७७, आईतवार १५:४१ मा प्रकाशित     
गजल (अंकुर चन्द)

तिमी र मैले जिन्दगी यो, सँगै काटे कसो होला ।
नजनाई खासखुस गरी, ईश्वर ढाँटे कसो होला ।

तिम्रो सोचमा के छ कुन्नि, खै मलाई थाहा छैन,
त्यो सबै भाव थाहा पाउन, मुटु साटे कसो होला ।

नशालु तिम्रा नजर भरी, अङ्कुर एउटै छ भने,
दिल भित्र अङ्कुराउन, दुबै आँटे कसो होला ।

आऊ नजिक यि मनहरु,राम्रोसँग सिउनु पर्यो,
काँडा सँग अल्झि कतै,मन् फाटे कसो होला ।


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम 
(सुदुरपस्चिमबाट हामीलाई नियमित रुपमा सुन्दर साहित्यिक रचना पठाउनु हुने अंकुर चन्द  प्रति हार्दिक आभार ब्यक्त गर्दछौ । (www.lekhapadhi.com)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •