गजल


लेखक : लेखापढी      १२ श्रावण २०७८, मंगलवार १६:१० मा प्रकाशित     
गजल

रहर पनि कति चोटि बसे टारि-टारि,
पुरा हुन नसक्दामा जीवन भयो भारी।

मनले चिताएको कुरा जब हुन सक्दैन पुरा,
आफै संग बाझ्छन मान्छे निउॅ पारि-पारि।

भने सोचे जस्तो हुॅदैन यहाॅ कहिलै फेरी
पनि जिउॅछन सबै ईच्छा मारी-मारी।

धनीहरू धनका राजा धनकै अर्दलि हुन,
छैनन कोही हेर्ने यहाॅ गरीबको लाचारी।

कत्ति प्रयास गर्दा पनि हात केही लाग्दैन
आखिरिमा टाढ़ा भाग्छन जीवनदेखि हारी।


निता गुरुङ्ग 
असम, भारत


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!