तिमीले चाहेको कुरा पुग्ने जस्तो देख्दिन मैले।
गरिएका कर्म जति लुक्ने जस्तो देख्दिन मैले।
अर्काको बारीमा आँखा डुलाउने काम नगर्नू,
आफ्नै बोट फल्छ सुक्ने जस्तो देख्दिन मैले।
हेर म पत्थरको दिल बोकेर हिडेको मान्छे हूँ
तिमीले ढुङ्गाले हाने दुख्ने जस्तो देख्दिन मैले।
सुक्दै गए रूखहरू बिस्तारै बदलिदै जान्छन,
भाच्चिन्छन होला झुक्ने जस्तो देख्दिन मैले।
फर्केर थुक्न पनि औकात खोज्दछ मान्छेले,
दुनियाँले तिमीतिर थुक्ने जस्तो देख्दिन मैले।
धर्मानन्द भट्ट
महेन्द्रनगर, कंचनपुर
(सुदुरपस्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)
Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com