नेपाल सुपर लिगको गुडविल एम्बेसडरमा भारतीय अभिनेता: सात टिमको सहभागिता


नेपाल सुपर लिगको गुडविल एम्बेसडरमा भारतीय अभिनेता: सात टिमको सहभागिता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर भारतीय अभिनेता बनेका छन् । यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडर अभिनेता सोहेल खान बनेका हुन् ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ब्रान्ड एम्बेसडर बनेको जनाएको हो ।
वैशाख ११ देखि २५ गतेसम्म चल्ने प्रतियोगीतामा सात फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् । जसमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहनेछ । 

हरेक टिमले आफ्नो मालिकको नाम पनि सार्वजनिक गरेको छ । काठमाडौंका टिम मालिक चिरन्जीवी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्रढकाल, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना, धनगढीका टिम मालिक सुवास शाही, विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई र पोखराका टिम मालिक निराकार श्रेष्ठ छन् ।

प्रतियोगिताको उद्दघाटन खेलमा अभिनेता खान नेपाल आउने आयोजकले जनाएको छ । वैशाख ११ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।