नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने


लेखक : लेखापढी      २ असार २०७८, बुधबार १४:३६ मा प्रकाशित     
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

काठमाडौं । नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।

अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ ।
त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८-८ टिम अनि पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् । यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।

समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् ।

No photo description available.

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •