राष्ट्रिय फुटबल टोली कतार प्रस्थान


लेखक : लेखापढी      २५ भाद्र २०७८, शुक्रबार १४:३३ मा प्रकाशित     
राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली कतार प्रस्थान गरेको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार प्रस्थान गरेको हो । 

नेपाली टोली कतारमा १५ दिन अभ्यास गर्ने छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीले कतारमा १५ दिनको अभ्यास गर्ने जनाएको छ । 

कतार प्रस्थान गरेको टोलीलाई बिहीबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको थियो । नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरेका थिए ।

फुटबल टोलीलाई बस्ने, खाने व्यवस्था कतार फुटबल संघले गर्ने भएको छ । प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबार नै कतार गइसकेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!