इतिहासमै पहिलोपटक डेनमार्कलाई हराउँदै इङ्ल्यान्ड युराेकप फाइनलमा


[ss_social_share]
लेखक : लेखापढी      २४ असार २०७८, बिहीबार ०४:११ मा प्रकाशित     
इतिहासमै पहिलोपटक डेनमार्कलाई हराउँदै इङ्ल्यान्ड  युराेकप फाइनलमा

एजेन्सी- डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे ।

सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन । डेनमार्कले भने सन् १९९२ मा उपाधि उचालेकाे थियाे ।

इङ्ल्यान्डले सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कमाथि जित निकाल्दै इटालीसँगको उपाधि भिडन्त पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गरे । एक गोल इङ्ल्यान्डले आत्मघाती उपहार पाएको थियो । 

खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । डेनमर्काका लागि खेलको ३० औँ मिनेटमा मिकेल डम्सागार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले फ्री किकमार्फत गोल गरेका हुन् । 

३९ औँ मिनेटमा इङ्ल्यान्डले आत्मघाती गोल मार्फत बराबरी गर्ने मौका पायो । डेनमार्कका सिमोन काजेरले इङ्ल्यान्डका रहिम स्ट्रर्लिङले हानेको बल बचाउ गर्न खोज्दा गोलमा परिणत भएको थियो । 

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इङ्ल्यान्डले गोल गर्न सफल भयो । खेलको १०४ औँ मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाएका थिए । 

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •