रामकुमारी झाँक्रीलाई निःशर्त र अबिलम्ब रिहा गर्न नेकपा (प्रचण्ड–माधव समूह)को माग


रामकुमारी झाँक्रीलाई निःशर्त र अबिलम्ब रिहा गर्न नेकपा (प्रचण्ड–माधव समूह)को माग

नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।