माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी


लेखक : लेखापढी      २३ भाद्र २०७८, बुधबार १३:३२ मा प्रकाशित     
माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेले संघीय संसदको बैठक सञ्चालन हुन नदिने भएको छ । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको हाे ।

आज ४ बजेटबाट संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन प्रारम्भ हुदैँछ।

एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ,’ ओलीले भने ।

एमालेको दलका नेता ओलीले आफूहरूले कारबाही गरेका ती सांसद आजको बैठकमा प्रवेश गरे ती गैरसांसद हुने उल्लेख गर्दै उनीहरूको उपस्थितिमा संसद बैठक सञ्चालन हुन नसक्ने बताएका हुन्।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!