सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकाेमा राष्ट्रियसभा अध्यक्षको असहमति


[ss_social_share]
लेखक : लेखापढी      १९ माघ २०७७, सोमबार २०:४३ मा प्रकाशित     
सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकाेमा राष्ट्रियसभा अध्यक्षको असहमति

सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ती जनाएका हुन। संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो ।

सभामुख सापकोटाले पत्रमा उल्लेख गरेको ‘संघीय संसद तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको उनले बताए ।

उनले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पारे । उनले भने– ‘अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो । संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन(राष्ट्रियसभा) संलग्न नरहेको जानकारी गराउँछु । संघीय संसद संयुक्तसभा भएकाले दुवै सदन बराबर हो । म र सभामुख बराबर हो । राष्ट्रियसभालाई नै छैन जस्तो गरेर पत्राचार आएकाले मैले स्पष्ट पारेको हुँ ।’

50% LikesVS
50% Dislikes
Spread the love !
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares