ताजा जनादेशमा जानु प्रतिगमन होइन:मन्त्री ज्ञवाली


ताजा जनादेशमा जानु प्रतिगमन होइन:मन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । पाल्पाको जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए ।  

“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन”, भन्दै उनले जनताको मसिना–मसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताए ।