नेकपा स्थायी कमिटी बैठकमा ओली अनुपस्थित, बैठक सुरू


[ss_social_share]
लेखक : लेखापढी      २१ मंसिर २०७७, आईतवार १४:१६ मा प्रकाशित     
नेकपा स्थायी कमिटी बैठकमा ओली अनुपस्थित, बैठक सुरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ ।

उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओली भने अनुपस्थित छन् ।  उनका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा उपस्थित हुने कुनै तयारी नभएको बताए ।

नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •