भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण हुने


[ss_social_share]
लेखक : लेखापढी      २९ आश्विन २०७७, बिहीबार ०१:२६ मा प्रकाशित     
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण हुने

काठमाडौं । सीमा विवादका कारण दुई देशको सम्बन्धमा एक वर्षदेखि चिसोपन आइरहेको समयमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक महिनामा नेपाल भ्रमणमा आउने तय भएको छ ।

भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनका लागि नेपाल आउने लागेका हुन्, जुन एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको पदभार सम्हाले लगत्तै एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने सन् १९५० देखिकै पुरानो प्रचलनको निरन्तरता हो ।

तर दुई देशबीचको सम्बन्ध विग्रिएका वेला भने यो सम्मान दिइएको छैन । अहिले सीमा सम्बन्धी वार्ता सुरु हुन नसकिरहेको वेला नरभानेको भ्रमण हुन लागेकाले यसलाई ‘अर्थपूर्ण’ रूपमा हेरिएको छ ।

गत वर्ष नोभेम्बरमा दुई देशबीचमा सीमा विवाद उत्पन्न भएपछिको यो पहिलो उच्च तहको भ्रमण पनि हो ।

गत नोभेम्बरमा भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच उच्च स्तरको भ्रमण भएको छैन । दुई देशका प्रधानमन्त्रीबीच केही औपचारिक टेलिफोन सम्वाद र नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासका केही नियमित भेटघाट र गतिविधिबाहेक दुई देशको बीचमा खासै संवाद हुन सकेको छैन ।

यो पृष्ठभूमिमा हुन लागेको भारतीय सेना प्रमुखको भ्रमण सीमा विवादमा भारतले के सोचिरहेको छ भन्ने उच्च तहबाट जान्ने महत्वपूर्ण अवसर हुने सरकारी अधिकारीहरु बताउँछन् ।

साथै, नरभानेमार्फत नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो धारणा स्पष्ट रुपमा राखेर दिल्लीको राजनीतिक तहमा सन्देश पठाउन सक्नुपर्ने अधिकारीहरुको भनाइ छ । यसले दुई देशबीच सीमा लगायत अन्य विषयमा वार्ताको थालनी गर्न वातावरण बनाउन भूमिका खेल्ने सरकारी अधिकारीहरुको बुझाइ छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •