‘निफ्रा’ को आईपिओ बाँडफाँड: भाग्यमानी ४ लाख ९२ हजारलाई ६० कित्ता


[ss_social_share]
लेखक : लेखापढी      १६ माघ २०७७, शुक्रबार ११:२१ मा प्रकाशित     
‘निफ्रा’ को आईपिओ बाँडफाँड: भाग्यमानी ४ लाख ९२ हजारलाई ६० कित्ता

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँट भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो ।

बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् । जस अनुसार १० कित्ताको लागि आवेदन दिने ३४ हजार ३० जनाले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने २९ हजार ८ सय ५४ जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने २० हजार २ सय ४८ जनाले ३० कित्ता, ४० कित्ताको लागि आवेदन दिने १६ हजार ९ सय ३४ जनाले ४० कित्ता र ५० कित्ताको लागि आवेदन दिने १ लाख ७९ हजार ९ सय ३८ जनाले ५० कित्ता नै शेयर पाएका छन् ।

६० कित्तादेखि २ लाख कित्ताको लागि आवेदन दिने ११ लाख ९४ हजार ४ जनाले पनि ५० कित्ता नै शेयर पाएका छन् । तर ति  ११ लाख ९४ हजार ४ जना मध्येबाट गोलाप्रथाको माध्यम मार्फत ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन्। यस हिसाबमा ४ लाख ९२ हजार ७२ जनाले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।

आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •