आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे


लेखक : लेखापढी      १३ जेष्ठ २०७८, बिहीबार १४:२२ मा प्रकाशित     
आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे

काठमाडौँ- आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ ।

यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहरबारबाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । 

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन  लागेका हुन् ।

सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आएन ।

काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले भनिरहेका बेला ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । अर्थले यसलाई निर्देशनकै रुपमा लिएको छ ।  यस्तै करको दरमा केही हेरफेर हुने देखिएको छ ।  सबैलाई रिझाउन खोज्दा बजेटको आकार भने बढ्ने देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!