सिईडिबी हाइड्रोपावरको शेयर निरन्तर सर्किट लेभलमा कारोबार


[ss_social_share]
लेखक : लेखापढी      २ असार २०७८, बुधबार १५:०४ मा प्रकाशित     
सिईडिबी हाइड्रोपावरको शेयर निरन्तर सर्किट लेभलमा कारोबार

काठमाडौँ- सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आइरहेको छ । कम्पनीको शेयर निरन्तर पाँच कारोबार दिनसम्म पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइहरेको हो ।

कम्पनीको शेयर जेठ २६ गते बुधबार देखि दोस्रो बजारमा कारोबार खुलेको थियो । कम्पनीको शेयर नेप्सेले प्रदान गरेको ओपिनिङ्ग रेन्जको हाई रेन्जबाट खुलेको थियो । कम्पनीको शेयर प्रतिकित्ता ४१६ रुपैयाँ पहिलो कारोबार भएको थियो ।

त्यसपछि पनि कम्पनीको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएर आज ७३३ रुपैयाँमा कारोबार भैरहेको छ । अहिले कम्पनीको शेयरमूल्य ९.९० प्रतिशतले बढेर ७३३ रुपैयाँमा कारोबार भइरहेको हो ।

निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएपछि कम्पनीको शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । मार्केट डेप्थमा कम्पनीको करिब ढेड लाख कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

कम्पनीको शेयरमूल्य अझै बढ्ने अनुमान गर्दै कम्पनीको शेयरधनीले शेयर बच्न नचाहेको देखिन्छ । यद्यपि फ्लोरसिटमा भने ९ हजार ५५० कित्ता शेयर किनबेच भएर ६९ लाख ७९ हजार रुपैंयाँ बराबरको शेयर किनबेच भएको देखिन्छ ।

जेठ २५ गते मंगलबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ सहित ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।-मेरोलगानीबाट  

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •