१६ दिनमा निको भएर घर फर्किए कोरोना संक्रमित कैलालीका युवक


१६ दिनमा निको भएर घर फर्किए कोरोना संक्रमित कैलालीका युवक

धनगढी : कैलालीका कोरोना संक्रमित एक जना युवक आज अस्पतालबाट डिस्चार्ज भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन्।

१२ गते भारतबाट घर पुगेका  उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

Photo By: www.dineshkhabar.com

अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ। अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो। 

डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको दिनेश खवरलाई बताए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए। सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको सङख्या यथावत छ।

साभारः दिनेश खबरःhttps://dineshkhabar.com/article/26618