साल्ट ट्रेडिङ र खाद्य व्यवस्थाले ग्यास ११ सय २०, चिनी ६३ रुपैयाँ मा बिक्री गर्दै


[ss_social_share]
लेखक : लेखापढी      २१ जेष्ठ २०७८, शुक्रबार ०१:३७ मा प्रकाशित     
साल्ट ट्रेडिङ र खाद्य व्यवस्थाले ग्यास ११ सय २०, चिनी ६३ रुपैयाँ मा बिक्री गर्दै

काठमाडौँ- आज शुक्रबारदेखि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले छुटमा सामान उपलब्ध गराउने भएका छन् । सरकारले बजेट भाषणमा घोषणा गरेअनुसार नै छुटमा सामान उपलब्ध हुनेछ ।

यी दुई सरकारी स्वामित्वका संस्थानले बिक्री गर्ने सामग्रीमा २० प्रतिशत छुट दिने जानकारी गराएका छन् । जसअनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने एसटीसी ग्यास २८० रुपैयाँ घटाएर ११ सय २० रुपैयाँमा बिक्रीवितरण गरिने बताइएको छ । 

चिनी प्रतिकेजी ६३ रुपैयाँ, नुन १६, भटमास तेल १८८ रुपैयाँमा बिक्री हुने साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत जनाएको छ । 

त्यस्तै, खाद्य संस्था तथा व्यापार कम्पनीले बिक्री गरिने सबै सामानको मूल्य २० प्रतिशत घटाएको जानकारी गराएको छ । खाद्यले दाल, चिनी, चामललगायतका उपभोग्य सामग्री बिक्री गर्छ । 

सामान किन्नका लागि भने थ्रेसहोल्ड राखिएको छ । पिठो र चीन दुई/दुई केजी, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिकतम ३० केजी थ्रेस होल्ड कामय गरिएको छ । सुपथ मुल्यमा सामान किन्न नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपी आवश्यक पर्ने बताइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •