नक्कली पेस्तोल देखाउने दुई जना पक्राउ


लेखक : लेखापढी      १९ श्रावण २०७८, मंगलवार १५:३८ मा प्रकाशित     
नक्कली पेस्तोल देखाउने दुई जना पक्राउ

काठमाडौंमा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कागेश्‍वरी मनोहरा नगरपालिका-७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

कागेश्‍वरी मनोहरा-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले पेस्तोल देखाएर धम्की दिएर भागेपछि प्रहरीलाई खबर भएको थियो। जानकारीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो।

खोजी गरी उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 उनीहरूले प्रयोग गरेको एउटा खेलौना पेस्तोल एउटा बरामद गरेको छ। उनीहरूले प्रयोग गरेको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। ‍

100% LikesVS
0% Dislikes
Spread Your Love !!!