काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । आज चैत्र १७ बाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।
१८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।
खुलातर्फ दुई हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ सहित जम्मा चार हजार पदका लागि आवेदन आह्वान गरिएको हो ।
बिस्तृत रुपमा हेर्न नेपाली सेनाको वेबसाइट मा हेर्न सकिने छ – https://www.nepalarmy.mil.np/