काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) मा उपकुलपति नियुक्त गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । केयूको उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको गरिएकाे हाे ।
हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ ।
केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा दरखास्त आह्वान गरिएको हो । सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । अध्यक्ष श्रेष्ठको व्यक्तिगत इमेलमा विवरण पठाउन आग्रह गरिएको छ । सूचना
पुस २७ गतेभित्र इच्छुक र योग्य व्यक्तिले विवरण पठाउनुपर्ने समितिले जनाएको छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।