हिमशिखरमा पुनः भण्डारी अध्यक्षमा


हिमशिखरमा पुनः भण्डारी अध्यक्षमा

धनगढी । कैलाली जिल्लामा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः दुर्गाप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेह्रऔं साधारण सभाले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा रोशन सिंह, विमलकुमार जोशी, लक्ष्मीराज भट्ट निर्वाचित गरेको छ । त्यस्तै गरेर सदस्यमा महेश जोशी, विष्णुदेवी पुरी, धिरेन्द्र शाही, तिलकबहादुर बोहरा, ऋषिकेश श्रेष्ठ, मेखराज भट्ट एवम् पुष्पा देउवा सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा समितिको संयोजकमा पुष्पराज जोशी, सदस्यमा निमप्रसाद मिश्र, खेमराज अवस्थी चयन भएका छन् ।

यही पुस २५ मा भएको साधारण सभाले सहकारी क्षेत्रमा पत्रकारिता क्षेत्रबाट योगदान दिएकोमा डा.पुष्करराज भट्ट, उत्कृष्ट कर्मचारी प्रियंका जोशी, जेष्ठ शेयर सदस्य सीता बम, बाल्मिकीप्रसाद शर्मा, असल बचकर्ता चित्रा जोशी, असल ऋणी भोजराज पडाललाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।