मौद्रिक नीतिका लागि उपयुक्त समयको पर्खाई: नेपाल राष्ट्र बैंक


लेखक : लेखापढी      ३ श्रावण २०७८, आईतवार १४:५५ मा प्रकाशित     
मौद्रिक नीतिका लागि उपयुक्त समयको पर्खाई: नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । आइतवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् । पूर्व गभर्नरहरूसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए ।

उनले भने– ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गभर्नरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।
-रातोपाटिबाट 

100% LikesVS
0% Dislikes
Spread the love !