सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोसाक जाँच: राष्ट्रिय सतर्कता केन्द्र


सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोसाक जाँच: राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र द्वारा सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै जाँच गरेको छ । 

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वीद्वारमा कर्मचारीहरुले पोसाक लगाए/नलगाएको सम्बन्धमा जाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै जाँच गरिएको बताए । 

अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन जाँच गरेको अधिकारीले बताए । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोसाक लगाए/नलगाएको जाँच गरिएको बताए । 
अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएको पनि उनले बताए । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डीएसपी अधिकारीले बताए ।

सरकारी कर्मचारीले पोसाक भत्ताबापत रकम लिने तर पोसाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताए । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।