भेरी अस्पतालमा आक्रमण हुँदा दुई बिमारीको मृत्यु


भेरी अस्पतालमा आक्रमण हुँदा दुई बिमारीको मृत्यु

बाँके । वैशाख १४
भेरी अस्पतालले स्वास्थ्कर्मी माथि आक्रमण हुँदा उपचार नपाएर दुई बिरामीको मृत्यु भएको जनाएको छ ।

आफ्नो बिमारी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आएर ढोका, कुर्सी तोडफोड गरेका थिए ।

अस्पतालमा अराजक मानिसले आक्रमण गर्दा आइसियूमा अन्य बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आएर ढोका, कुर्सी तोडफोड गरेका थिए।

ज्यान जोगाउन चिकित्सक तथा नर्स सोही कोठाको झ्यालबाट हाम फाल्नुपरेको अस्पतालले जनाएको छ। यस्तो अवस्थामा ती दुई बिरामीको उपचारमा बाधा परेको विज्ञप्तिमा जनाइएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा “बिरामी पक्षले मेरो बिरामीलाई केही भएमा सबलाई चडकन लाउँछु, अस्पतालका एकएकलार्ई गिँडछु ।” भनेर धम्काएको थियो ।

अस्पतालले रावतलाई दाङबाट ल्याएर जेठ ४ गते भर्ना गरिएकोमा हरसम्भव उपाय गर्दा पनि बचाउन नसकिएको बताएको छ ।