नियमित ताली बजाउनु स्वास्थ्यका लागि धेरै फाईदै फाईदा


नियमित ताली बजाउनु स्वास्थ्यका लागि धेरै फाईदै फाईदा

सामान्यतया हामि अरुको खुशीमा सामेल हुँदा वा कसैलाई प्रोत्साहित गर्नुपर्दा तालि बजाउने गर्दछौ यसरि तालि बजौनुलाई सामान्य रुपमा लिनेगरिन्छ । यदपि नियमित रुपमा तालि बजाउनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने कुरा बैज्ञानिक तथा बैदिक योग शास्त्रले पुस्टि गरिसकेको छ । 

दुबै हात जोडेर तालि बजाउदा हातका सबै बिन्दूहरुमा दबाब पर्ने भएकाले उर्जा प्रबाह हुनुका साथै शरीरमा ताजापन महसुस हुने गर्दछ । विभिन्न तनाब, दम, मुटु सम्बन्धि समस्या, ग्यास्ट्रिक समस्या, टाउको दुख्ने, मन बेचैन हुने जस्ता समस्याहरुबाट राहत महसुसको लागि तालि बजाउनु फाइदाजनक रहेको छ । 

पाचन प्रणालीमा समस्या, खाना अपच हुने समस्याको समाधान समेत नियमित १५-२० मिनेट तालि बजाउनु नै समाधान हो । नियमित रुपमा बिहान वा साझको समयमा स्वच्छ खुला ठाउमा ताली बजाउदा शरीरका सबै अंगहरु सक्रिय हुने गर्दछन । यसरि तालि बजाउदा हातका औलाहरुमा दबाब परेको हुनु पर्दछ । जसका कारण शरीरमा रक्त संचार प्रक्रियामा सुधार आउछ । रक्तचाप कम भएका व्यक्तिहरुले नियमित तालि बजाउदा फाइदा हुने एक अध्ययनले बताउछ ।

बालबालिकाहरुलाई समेत नियमित तालि बजाउन लगाउदा दिमागमा सकारात्मक प्रभाब पर्ने गर्दछ । बाल मस्तिष्क चौतर्फी सक्रिय रहन मद्दत पुग्दछ । 

नियमित रुपमा दिनको १५-२० मिनेट तालि बजाउद मधुमेह, उच्च रक्तचाप, रुघाखोकी, कपाल झर्ने समस्याबाट बचन सकिन्छ ।
महिला वा बृद्ध-बृद्धाहरुमा देखिने हाडजोर्नी दुख्ने समस्याका लागिसमेत नियमित तालि बजाउदा धेरै प्रभावकारी हुने देखिन्छ । ढाड, घाटी र जोर्नी दुख्नेहरुले नियमित रुपमा हटला सहित हातका औलाहरु दबाब पुग्ने गरि तालि बजाउदा उल्लेखनीय फाइदा हुने बैज्ञानिकहरुको दाबि रहेको छ ।