डा. दलिपकुमार मल्लको अप्सरा भाग-२ सार्वजनिक


लेखक : लेखापढी      ५ कार्तिक २०८०, आईतवार ११:१४ मा प्रकाशित     
डा. दलिपकुमार मल्लको अप्सरा भाग-२ सार्वजनिक

काठमाडौँ- गितकार तथा साहित्यकार डा. दलिपकुमार मल्ल द्धारा लिखित तथा प्रकाशनमा भएको गिति एल्वम अप्सरा भाग २ आज महाराजगंज स्थित आफ्नै सचिवालयबाट सार्वजनिक गरिएको छ ।

विमोचन समारोहमा उक्त एल्बम भूपू स्थानिय राज्यमन्त्री कुन्ती कुमारी शाहीबाट भएको थियो । आजको यस कार्यक्रममा विशिष्ट क्षेत्रमा विज्ञता प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने विमोचन उहाँहरुको उपस्थिीतीमा नै विमोचन गरिएको थियो । यस कायक्रमको सभापतित्व डा. दलिपकुमार मल्लले गर्नु भएको थियो भने प्रमुख अतिथिमा भूपू स्थानिय राज्यमन्त्री कुन्तीकुमारी शाही, अतिथिमा समाजसेवि सावित्री मल्ल र यस गिती एल्वमका संगितकार लक्षुप्रकाश मल्ल थिए ।

यस एल्वममा संगित संयोजन लक्षुप्रकाश मल्लले गरेका छन भने गायनमा ख्याती प्राप्त कलाकारहरु राजेश पाएल राई, निशा देशार, अनु चौधरी र लक्षुप्रकाश मल्लको आवाज रहेको छ । यसमा गितमा चारवटा गित समावेस गरिएका छन् । गीतको बोलमा ‘तिमी केवल साथ देऊ, रात ढल्दैछ, प्रेम कैदी हु म, मलामाी बनेर नआऊ तिमी’ रहेका छन्। कार्यक्रमको प्रस्तुती रुक्मा शाहीले गर्नु भएको थियो उहाँको मुधर वाणी र विभिन्न विद्धानका कथनले कार्यक्रम संचालिकाले सभाहल मन्त्रमुग्ध भएको थियो भने स्वागत मन्तव्य मार्फत शेर शाहीले सचिवालयको संक्षिप्त जानकारी दिएका थिए ।