चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात


लेखक : लेखापढी      २ कार्तिक २०८०, बिहीबार १०:०३ मा प्रकाशित     
चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ। तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनमा सहभागी हुन हाल चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।

बिहान करिब १ बजे उनलाई हृदयघात भएको र तत्कालै स्थानीय अस्पताल लगिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठको बुधबारदेखि छाती दुखेको थियो । कोरोनरी एन्जियोग्रामले उनको मुटुको एउटा धमनीमा रक्तसञ्चार अवरुद्ध भएको खुलासा गरेको थियो ।”आवश्यक चिकित्सा प्रक्रियापछि उनको मुटुमा स्टेण्ट राखिएको छ। डाक्टरले उनलाई अब्जर्भेसनमा राखे पनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,” स्रोतले भन्यो।