महानगर प्रहरी प्रमुख पाण्डे बढुवा


लेखक : लेखापढी      १ कार्तिक २०८०, बुधबार १०:१६ मा प्रकाशित     
महानगर प्रहरी प्रमुख पाण्डे बढुवा

काठमाडौँ महानगर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा भएका छन्।विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट उनले सेवा प्रवेश गरेका थिए।

महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको कुरा महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए। महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो ।