महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको काम बन्द


लेखक : लेखापढी      २९ आश्विन २०८०, सोमबार ११:३८ मा प्रकाशित     
महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको काम बन्द

महाकाली नदीमा बन्दै गरेको चार लेन पुल निमार्णको काम बजेट अभावका कारण बन्द भएको छ ।

वि.स २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निमार्णको काम २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भएपनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिदै गएको हो।

चालु आर्थिक वर्षमा पुल योजनाका लागि १८ करोड मात्रै बजेट आएको छ । पुल निमार्ण कम्पनीले चालु आर्थिक वर्षमा मात्रै २० करोडको काम गरेको र काम गरे वाफतको २८ करोड रकम भुक्तानी नपाएपछि निमार्ण कम्पनीले पुल योजना कार्यालयलाई पत्र पठाउँदै बुधबारदेखि काम बन्द गरेको हो।