पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो


लेखक : लेखापढी      २९ आश्विन २०८०, सोमबार ०५:३१ मा प्रकाशित     
पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो

काठमाडौं : पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ११ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो। 

नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 
null