विश्व खाद्य पुरस्कारबाट सम्मानित भईन IRRI वैज्ञानिक, डा.स्वाति नायक


विश्व खाद्य पुरस्कारबाट सम्मानित भईन  IRRI वैज्ञानिक, डा.स्वाति नायक

यस वर्षको नर्मन बोरलग फील्ड रिसर्च पुरस्कार अंतरराष्ट्रीय धान अनुसन्धान प्रतिष्ठान (IRRI) की एक अब्बल बाली अनुसन्धानकर्ता वैज्ञानिक डॉक्टर स्वाति नायकले पाएकी छन् । नोबेल पुरस्कार विजेता डा. नर्मन बोरलगको सम्झनामा नामकरण गरिएको बोरलग फिल्ड रिसर्च पुरस्कार, रकफेलर फाउन्डेसनद्वारा प्रदान गरिने प्रतिष्ठत वार्षिक पुरस्कार हो जुन ४० वर्ष भन्दा कम उमेरका प्रेरणादायी र उत्कृष्ट वैज्ञानिकलाई प्रदान गरिने गरिन्छ । विश्व खाद्य उत्पादनलाई उल्लेखनीय रूपमा बढाउन मद्दत गरेका¸ भोकमरी र कुपोषण हटाउने कार्यमा टेवा पुर्याईरहेका वैज्ञानिकहरु यस सम्मानका लागि छनौठ हुन्छन् । यस अवार्डको रासी १० हजार अमेरिकी डलर रहेको छ भने विजेताले रकमसंगै अवार्ड डिप्लोमा समेत पाउने ब्यवस्था रहेको छ । मागमा आधारित उन्नत धानका जातहरु थुप्रै किसानहरुलाई उपलब्ध गराई धान उत्पादन बृद्धि गर्न र किसानको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदानका लागि यस वर्षको बोरलग फिल्ड पुरस्कार उनलाई प्रदान गरिएको हो । 

हाल डा. नायक भारतमा स्थित IRRI दक्षिण एसियाली क्षेत्रीय केन्द्रिय कार्यालयमा कार्यरत छिन् । उनी IRRI बीउ प्रणालीको लागि दक्षिण एसियाली नेतृत्वको रूपमा र CGIAR अन्तर्गतको SeedEqual परियोजना अन्तरगत अन्न बीउ प्रणाली समूहमा समेत प्रमुख भूमिका निर्वाह गर्दछिन् । डा. नायकको करियर, १३ वर्षभन्दा लामो रहेको छ । आफ्नो करियरमा उनले ५ सय भन्दा बढी धानका प्रजातिहरूमा सहभगितामूलक मूल्याङ्कन र १० हजार भन्दा बढी अन-फार्म र तुलनात्मक परीक्षणहरू सञ्चालन गरेकी छिन् । बैज्ञानिक ज्ञान र व्यावहारिक प्रयोगहरू बीचको दुरीलाई कम गर्नमा नायकको उत्कृष्ट योगदान प्रशंन्सनीय छ । उनले २० भन्दा बढी उच्च उत्पादकत्व¸ स्वस्थ तथा पोषण युक्त¸खडेरी सहने¸ जलवायु मैत्री तथा अनुकूलन क्षमता भएका धानका प्रजातिहरू नेपाल बांग्लादेश लगायत अन्य देशहरुमा सहझै फैलाएर ठुलो योगदान गरेकी छिन् । खडेरी सहने क्षमता भएको¸ शाहभागी धान नायक र उनका टोलीले श्रृजना तथा प्रसार गरेको धानको एक सफल उदाहरण हो जसको परिकल्पना र आरम्भ भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको र आदिवासी जिल्ला ओडिशाबाट भएको थियो । हाल नायकको प्रारम्भिक हस्तक्षेपको आठ वर्ष पछि, शाहभागी धान ओडिशा र भारतको बाँकी भागमा सबैभन्दा धेरै खोजिने उत्पादनहरू मध्ये एक हो । उनी अन्तर्राष्ट्रिय बीउ नीति सम्झौतामा काम गर्ने प्रमुख वैज्ञानिकहरू मध्ये एक हुन् जसले दक्षिण र दक्षिणपूर्व एशियामा सीड विथआउट बोर्डर्स भनिने आधुनिक धानका प्रजातिहरूको वितरणलाई गति दिन्छ । 

नायकले जहिले पनि कृषि अनुसन्धानमा लैङ्गिक समावेशीकरणका लागि वकालत गर्दै आएकी छिन् र सहभागितामूलक अनुसन्धानमा महिलाहरूलाई सक्रिय रूपमा संलग्न गराएकी छिन् । उनको पहलले महिलाको नेतृत्वमा धेरै बीउ उद्यमहरू स्थापना भएका छन्, जसले उत्पादकत्वमा मात्र नभई आम्दानी, निर्णय गर्ने अधिकार र महिलाको समग्र सशक्तिकरणमा पनि फाइदा पुगेको छ । नायक र उनका बीउ बिजन प्रणालीका टोलीको प्रयासबाट गत वर्ष (२०२१ देखि २०२२) सम्ममा महिला उद्यमीहरूले लगभग ८.५ मेट्रिक टन गुणस्तरीय बीउ उत्पादन, वितरण र बिक्री समेत गरेका थिए ।  

IRRI नेपालले धानमा आधारित कृषि-खाद्य प्रणालीमा निर्भर जनसङ्ख्यामा गरिबी र भोकमरी उन्मूलन गर्न नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको छ । IRRI ले सन् १९६६ देखि नेपाललाई उन्नत जर्मप्लाज्महरू उपलब्ध गराएको छ जसले उच्च उत्पादन दिने धानका प्रजातिहरूमा झन्डै ७० % योगदान गर्दछ । हाल नेपालमा पनि डा. नायकले लीड लिनु भएका दुई वटा धान बाली बीउ बिजन प्रणाली सुधारसंग सम्बन्धित परियोजनाहरु (SeedEqual and Scale Direct) कार्यान्वयनमा रहेका छन्।