पाठ्यक्रम सिद्धान्त (Curriculum Theory)


पाठ्यक्रम सिद्धान्त (Curriculum Theory)

 ऋतुसिंह ठकुरी
Abstract
प्रस्तुत पत्र पाठ्यक्रप्रतिको सैद्धान्तिक दृष्टिकोणहरु विवेचनासँग सम्बन्धित रहेको पाठ्यक्रम औपचारिक शिक्षाको मेरुदण्ड हो । यसले औपचारिक शिक्षालाई उद्धेश्यपूर्ण र व्यवस्थित बनाउँछ । यस अध्ययन विधि मूलरुपमा यससम्बन्धमा लेखिएका लिखित सन्दर्भसामग्रीहरुको विवेचनामा आधारित । अध्ययनको निश्कर्षअनुसार पाठ्यक्रमलाई विविध विद्वानहरुले विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । परम्परागत रुपमा यसलाई विषयवस्तुको संगालोको रुपमा लिइए तापनि समयको परिवर्तनको साथै विद्वानहरुले यसलाई अनुभव, लक्ष्य, योजना आदिको रुपमा प्रस्तुत गरेका छन् । यसबाहेक विद्वानहरुले पाठ्यक्रमलाई प्रक्रिया अथवा उत्पादनको रुपमा पनि व्याख्या गरेका छन् । पाठ्यक्रमको योजनादेखि कार्यान्वयनसम्म शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न सुषुप्त पाठ्यक्रमको आवश्यकता समेत विद्वानहरुले प्रस्तुत गरेका  जस्ता निष्कर्ष निकालिएको छ ।

मुख्य शब्दहरू: पाठ्यांश, उद्देश्य, पाठ्यवस्तु, शिक्षण प्रक्रिया, मूल्याङ्कन

१. विषय प्रवेश

 पाठ्यक्रम शब्द अङ्ग्रेजी ‘Curriculum’  शब्दको नेपाली रूपान्तरण मानिन्छ । ल्याटिन भाषाको ‘Currere’  शब्दबाट निर्मित ‘Curriculum’ शब्दले दौडको मैदान अर्थात् धावन मार्गको अर्थ दिएको पाइन्छ । तसर्थ निर्धारित उद्देश्यसम्म पुग्नका लागि बनाइएको धावन मार्गरूपी कार्यक्रमको रूपमा पाठ्यक्रमलाई अथ्र्याउन सकिन्छ । ‘पाठ्यक्रम’ शब्दको शाब्दिक अर्थ पाठ्य कुराहरूको क्रम अर्थात् पढाउने कुराहरूको सुनिश्चित क्रम वा सिलसिला भन्ने बुझिन्छ । पढाउने सिलसिला सुनिश्चित बिन्दुबाट सुरु भई बिचमा विभिन्न धावनरुपी कार्यकलापहरू सञ्चालन गर्दै सुनिश्चित टुङ्गोमा पुगेर सिलसिला टुङ्गिएको देखिन्छ (पौडेल, (२०७९).।

प्रारम्भमा शिक्षा पूर्णतः अनौपचारिक (Informal) स्वरूपको थियो र यो पूर्णतः अनुभव केन्द्रित थियो । मानिसले आफ्नो दिनचर्याको क्रममा विभिन्न अनुभवहरू प्राप्त गर्नु र यसलाई भविष्यका लागि सुरक्षित राख्नु नै शिक्षाको पहिलो स्वरूप थियो । परिवार भन्ने संस्थाले स्थायी रूप लिनुका साथै मानिसले यी ज्ञानहरू आफ्नो सन्ततिलाई हस्तान्तरण गर्न थाल्यो । प्रारम्भिक कालमा मानिसहरूले आफूले जानेका कुराहरूलाई आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गर्ने प्रक्रियाबाट नै शिक्षा लिनेदिने प्रक्रियाको थालनी भयो । यसरी शिक्षा प्रदान गर्ने प्रक्रिया घरपरिवारबाट विकसित हुँदै समुदायमा जान्ने व्यक्तिहरूले नजान्ने व्यक्तिहरूलाई सिकाउँदै आएको परम्पराको विकास भयो । तत्कालीन समयमा समाजमा स्थापित मूल्यमान्यता, कलासंस्कृति, धर्मपरम्परा आदि कुराहरू एक पिँढीबाट क्रमशः अर्को पिँढीसम्म हस्तान्तरण गर्दै लैजाने प्रक्रियालाई शिक्षाको रूपमा ग्रहण गर्न थालियो  (ज.ब.रा. २०७८/७९ ) ।

            मानव समाजको विकासक्रमसँगै मानिसहरूका मूल्यमान्यता, रहनसहन, व्यवहार, आवश्यकता, चाहना, नीतिनियम, चालचलन तथा सम्पूर्ण जीवन पद्धतिमा नै फेरबदल हुँदै गयो । यस्तो परिवर्तित अवस्थामा नयाँ वातावरणमा समायोजन हुनका लागि तदनुरूपको शिक्षा आवश्यक पर्ने कुरा महसुस गरियो । समाज क्रमशः गतिशील एवम् जटिल बन्दै गयो । यस्तो अवस्थामा घरपरिवारले मात्र परिवर्तित समाजको मागअनुसारको शिक्षा प्रदान गर्न नसक्ने भयो, परिणामस्वरूप शिक्षा प्रदान गर्ने प्रभावकारी विकल्पको खोजी हुन थाल्यो । यसैक्रममा शिक्षा प्रदान गर्ने औपचारिक निकाय वा संस्थाका रूपमा विद्यालयको आवश्यकता महसुस गरियो । ततपश्चात् समाजमा शैक्षिक संस्था (विद्यालय) को स्थापना गरी बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने जिम्मेवारी प्रदान गरियो र यसका लागि आवश्यक नीतिनियम पनि क्रमशः तयार पारियो, जसबाट अनौपचारिक रूपमा सुरु भएको शिक्षा प्रदान गर्ने परिपाटी औपचारिक रूपमा थालनी हुन थाल्यो । प्रारम्भमा औपचारिक शिक्षा दिने कार्य अभिभारा शिक्षकहरूले नै स्वतन्त्र रूपमा बहन गरे । पछि यसको महŒव बोध गरी समाजले विद्यालयको स्थापना गर्‍यो  (ज.ब.रा. २०७८/७९ वि.सं.) ।

            औपचारिक रूपमा शिक्षाको थालनी भएपछि कक्षाकोठाभित्र शिक्षण गरिने विषयवस्तु (पाठ्यांश) को स्वरूपलाई पाठ्यक्रम भन्न थालियो । यो पाठ्यक्रमसम्बन्धी परम्परागत धारणा मानिन्छ । परम्परागत धारणाअनुसार हेर्दा विषयवस्तुको सूची (List of content) वा पाठ्यांश (Courses of study) लाई नै पाठ्यक्रमको रूपमा लिन थालियो । शिक्षाको विकाससँगै पाठ्यक्रमसम्बन्धी यो परम्परागत धारणामा पनि केही परिवर्तनहरू देखा पर्न थाले, जसअनुसार पाठ्यक्रम र पाठ्यांशबीच अन्तरहरू स्पष्ट रूपमा आउन थाले । पाठयांशको मुख्य जोड के सिक्ने? भन्ने पक्षमा थियो तर यसमा किन र कसरी सिक्नेप्रश्न आत्मसात् गर्दा पाठ्यक्रमको अवधारणा विकास भयो । परिणामस्वरूप पाठ्यांशलाई पाठ्यक्रमको रूपमा नभई त्यसको एक अंशमात्र मान्न थालियो ।

            आधुनिक तथा व्यापक दृष्टिकोणका आधारमा हेर्दा पाठ्यक्रम भनेको शैक्षिक कार्यक्रमको एक बृहत् योजना हो, जसमा बालबालिकाहरूलाई उचित ज्ञान, सीप, र धारणा प्रदान गरी उनीहरूको सर्वाङ्गीण विकास गराउने लक्ष्य राखिएको हुन्छ । पाठ्यक्रम भनेको एउटा व्यवस्थित शैक्षिणिक योजना भन्ने बु्झिन्छ; अत: यसमा उद्देश्य, विषय वस्तु, शिक्षण कार्यकलाप वा प्रक्रिया, मूल्याङ्कन प्रक्रिया तथा शिक्षण सामग्री र पूरक सामग्रीहरूको सुस्पष्ट र व्यवस्थित निर्देशन गरिएको देखिन्छ । यसमा सर्वप्रथम सिकारु को हुन् र कुन उमेर समूहका हुन् भन्ने कुराको पहिचान गरी उनीहरूका सिकाइ आवश्यकताहरूको निक्र्यौल गरिन्छ । त्यसपछि सिकारुका सिकाइ पृष्ठभूमि, स्तर, उमेर, तह, समयावधि र सिकाइ प्रवृत्ति अनुसार आवश्यकता पुरा गर्ने गरी शिक्षण उद्देश्यहरूको किटान गरिन्छ अनि उद्देश्य केन्द्रित भएर शिक्षणीय विषय वस्तुको किटान गरी तिनलाई सुनिश्चित शिक्षण क्रममा ढालेर प्रस्तुत गरिएको पाइन्छ ।त्यसैले पाठ्यक्रमलाई शैक्षिक कार्यक्रमको सङ्गठित र योजनाबद्ध रूप मानिन्छ, जसले सम्पूर्ण शैक्षिक कार्यक्रमलाई नै निश्चित मार्गदर्शन तथा दिशाबोध प्रदान गर्दछ । यस पृष्ठभूमिमा यो अध्ययन पाठ्यक्रमको सैद्धान्तिक अवधारणा र यससम्बन्धि विविध सैद्धान्तिक आयामहरुको विश्लेषणसंग सम्बधित रहेको छ ।

२. अध्ययनको उद्देश्य (Objective of study)

यस अध्ययनको उद्देश्यहरु निम्नानुसार रहेका छन्;

  • पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधारहरु पहिचान गर्नु ।
  • यी सैद्धान्तिक आधारहरुको विश्लेषण गर्नु ।

३. अध्ययन विधि (Methodology)

            यो अध्ययन पूर्ण रुपमा पाठ्यक्रमको सैद्धान्तिक स्वरुपबारे लेखिएका विविध सन्दर्भ पुस्तकहरुको अध्ययन र विश्लेषणमा आधारित थियो । यसका लागि विभिन्न विद्वानहरुले पाठ्यक्रमबारे लेखेका पुस्तकहरुको विवेचना गरिएको थियो । यस अध्ययनबाट प्राप्त जानकारीहरुलाई तार्किक रुपमा विश्लेषण गरि निश्कर्षमा पुग्ने प्रयास गरिएको थियो । अध्ययनको क्रममा पाठ्यक्रम सिद्धान्तबारे लेखिएका अग्रणी तथा उपलब्ध पुस्तकहरुको विवेचना गरिएको थियो । 

४. विवेचना (Discussion)

सामान्य अर्थमा पाठ्यक्रम भन्नाले विद्यार्थीहरूलाई के पढाउने भन्ने. कुराको हेक्का दिलाउने दस्तावेज मानिन्छ तर व्यापक अर्थमा यो विद्यालयको निर्देशनमा तयार गरिएको विद्यार्थीहरूको सिकाइ अनुभवमा आधारित व्यवस्थित र नियोजित शैक्षणिक कार्यक्रम मानिन्छ । अत: कसलाई पढाउने, के पढाउने, कति पढाउने, पढाइको प्रभावकारिता कसरी जाँच्ने आदि कुराहरूको स्पष्ट मार्ग निर्देशनका रूपमा पाठ्यक्रमलाई हेर्नु पर्ने देखिन्छ र सोही अनुरूप यसको सचेततापूर्वक निर्माण र उपयोग गर्नुपर्ने देखिन्छ ।

       यसका अतिरिक्त पाठ्यक्रममा के कस्ता शिक्षण कार्यकलाप वा प्रक्रियाका निम्ति के कस्ता शिक्षण सामग्री तथा पूरक सामग्रीहरूको उपयोग गर्ने भन्ने कुराको पनि समुचित निर्देशन दिइएको देखिन्छ र अन्तमा शिक्षण कार्यक्रम के कति मात्रामा उपलब्धिपूर्ण भयो, विद्यार्थीहरूमा के कस्ता व्यावहारिक परिवर्तन आउन सके वा सकेनन् भन्ने कुराको जानकारी लिन र लेखाजोखा गरी राख्न तथा शिक्षणीय पुनर्बल गर्नका लागि आवश्यक मूल्याङ्कन प्रक्रियाहरूको यथोचित निर्देशन प्रबन्ध पनि गरिएको देखिन्छ (पौडेल, (२०७९). । यसरी पाठ्यक्रमलाई शिक्षालयीय शिक्षण सिकाइको एउटा महत्वपूर्ण र व्यवस्थित योजना वा कार्यक्रम तथा सुस्पष्ट निर्देशनका रूपमा चिनाउन सकिन्छ ।

       सिद्धान्त भनेको विभिन्न चर तथा धारणाहरुको अन्तर्सम्बन्ध प्रस्तुत गर्ने एक कथन हो जसलाई कुनै पद्धतिको व्याख्या गर्न उपयोग गरिन्छ (Kerlinger, 1986)।  पाठ्यक्रम सिद्धान्त पाठ्यक्रम सिद्धान्त (Curriculum theory)एक यस्तो शब्द समूह (Phrase) हो जसले पाठ्यक्रमको अर्थबारे एक सामान्यीकृत अवधारणा प्रस्तुत गर्दछ । पाठ्यक्रम भनेको के हो ? भन्ने प्रश्नको जवाफमा विभिन्न प्रकारका दृष्टिकोणहरू पाइन्छन् । यी दृष्टिकोणहरू विभिन्न शैक्षिक दर्शनमा आधारित छन् र यी दृष्टिकोणहरू समय र परिस्थितिअनुसार परिवर्तन पनि भएका छन् ।

            यस दृष्टिकोणले पाठ्यक्रमलाई निश्चित उद्देश्यहरू हासिल गर्न प्रदान गरिने शैक्षिक अनुभवहरूको योजनाको रूपमा परिभाषित गरेको छ ।

यस बाहेक पाठ्यक्रमलाई अन्य थप दृष्टिकोणबाट पनि परिभाषित गरिएको छ । Stenhouse (1975) ले पाठ्क्रमलाई एक प्रक्रियाको रुपमा (Curriculum as a process) प्रस्तुत गरेका छन् । उनको अनुसार पाठ्यक्रम एक साध्य नभएर साधन हो । उनको अनुसारः

Curriculum is an attempt to communicate the essential principles and features of an educational proposal in such a form that it is open to critical scrutiny and capable of effective translation into practice.”  (Stenhouse, 1975)

Alexander and Saylor n] Planning Curriculum for school मा पाठ्यक्रमको धारणाको वर्गीकरण  (Classification of concepts of the curriculum) निम्नअनुसार प्रस्तुत गरेका छन् ।

 

Curriculum as something intended

Curriculum as something actualized

पठ्यक्रम सम्बन्धि धारणा

Course of study (subject matter) Traditional, persisting meaning

Intended learning outcomes

Intends opportunities for engagement

Learning opportunities provided

Learners actual engagements

Learners Actual experiences

सिद्धान्तकार

Phoenix

Johnson

Miel

Saylor and Alexander

Mackeeizie

Caswell and Alexander Campbell

समय

1958

1967

1968

1966

1964

1935 Many others current

ज.ब.रा., स्वयंप्रकाश (२०७८/७९ वि.सं.)

Glatthorn (2000) को अनुसार पाठ्यक्रमको योजनादेखि यसको कार्यान्वयन र सिकाइसम्म पुग्दा यसको स्वरुपमा व्यापक परिवर्तन हुन्छ । उनको अनुसार यस प्रक्रियामा पाठ्यक्रम सात स्वरुपमा परिवर्तन हुन्छ ।

पाठ्यक्रम प्रति बदलिदो दृष्टिकोणहरूलाई Alexander and Saylor (1974) ले निम्नानुसार प्रस्तुत गरेका छन्ः


विषयवस्तुको रूपमा पाठ्यक्रम
(Curriculum as a subject matter)

            यो पाठ्यक्रमप्रतिको सबैभन्दा पुरानो र परम्परागत दृष्टिकोण हो । यस दृष्टिकोणअनुसार विषयवस्तु मानिसको विकासक्रमअन्तर्गत उत्पादित अनुभवहरूको सारतत्व हो । यसमा मानवीय सभ्यताको हजारौं हजार वर्षको अनुभव संश्लेषित भएको हुन्छ । यी अनुभवहरू मानवीय सभ्यताका अमूल्य धरोहर हुन् । यी अनुभवहरू व्यवहारद्वारा सत्यापित भइसकेका हुन्छन् । यिनीहरूको उपयोगिता पनि निर्विवाद रूपमा प्रमाणित भइसकेको हुन्छ । शिक्षाको उद्देश्य यी विषयवस्तुहरूको प्राप्ति नै हुनुपर्दछ । यो दृष्टिकोण आदर्शवादी दृष्टिकोणबाट प्रभावित छ जसले मानव जीवनको लक्ष्य शाश्वत ज्ञानको प्राप्तिको रूपमा व्याख्या गर्दछ । यस दृष्टिकोणले पाठ्यक्रमलाई विषयवस्तुका सङ्गालोको रूपमा हेर्दछ र यस दृष्टिकोणअन्तर्गत विभिन्न विद्वान्हरूले पाठ्यक्रमलाई निम्नानुसार परिभाषित गरेका छन्:

Frobel “Curriculum should be conceived as an epitome of the rounded whole of the knowledge and experience of human race.”

Beauchamp “Curriculum should be a written document and a most commonly included feature is an outline of subject matter to be taught.”

(Alexander and Saylor, 1974)

अनुभवको रूपमा पाठ्यक्रम(Curriculum as an experience)

            यस दृष्टिकोणले त्यो विषयवस्तु, जुन शिक्षकले शिक्षण गर्दछन् त्यसलाई पाठ्यक्रम भन्नुको सट्टा ती अनुभवहरूलाई पाठ्यक्रम भन्दछ जुन शिक्षण सिकाइको प्रक्रियाअन्तर्गत विद्यार्थीले प्राप्त गर्दछन् । यसले पाठ्यक्रमको मूल निर्धारक तत्वका रूपमा विषयवस्तुको सट्टा विद्यार्थीले प्राप्त गरेको अनुभवहरूलाई मान्दछ । विद्यार्थीले यी शैक्षिक अनुभवहरू आफ्नोरुचि, चाहना, आवश्यकता, उपयोगिताका आधारमा प्राप्त गर्दछन् । विद्यार्थीहरूका व्यक्तिगत रुचि, चाहना, आवश्यकता र उपयोगिताको स्वरूपमा व्यापक भिन्नता हुन्छ । तसर्थ पाठ्यक्रम विषयवस्तुहरूको पूर्व–निर्धारित सूचीको रूपमा रहनुको सट्टा व्यापक अनुभवहरूको सँगालोका रूपमा रहनुपर्दछ । पाठ्यक्रमले सिकाइको वातावरण र सिकाइ अनुभवहरूको व्यापक सँगालोको रूपमा मात्र सुनिश्चित गर्नुपर्दछ । विद्यार्थीहरूले आफ्नो रुचि, चाहना तथा आवश्यकताको आधारमा यी अनुभवहरूमध्ये आवश्यक अनुभवहरू ग्रहण गर्दछन् । यो दृष्टिकोण प्रयोजनवादी दर्शनबाट प्रभावित छ जसले “शिक्षाको कुनै उद्देश्य हुँदैन, उद्देश्य त विद्यार्थीको हुन्छ” भन्ने मान्यतामाथि विश्वास गर्दछ । यस दृष्टिकोणअनुसार John Dewey ले पाठ्यक्रमलाई निम्नानुसार परिभाषित गरेका छन्:

“Curriculum is that series of things which children and youth must do and experience, by the way develop abilities to do the things well that make the affairs of adult life.” (Alexander and Saylor, 1974)

उद्देश्यको रूपमा पाठ्यक्रम (Curriculum as objective)

            यस दृष्टिकोणले शिक्षण सिकाइका उद्देश्यलाई नै पाठ्यक्रमको रूपमा परिभाषित गरेको छ । शिक्षण सिकाइका क्रियाकलापहरू निश्चित उद्देश्यहरूको प्राप्तितर्फनै लक्षित हुन्छन् । यी शैक्षिक उद्देश्यहरू शिक्षण सिकाइका क्रियाकलापहरूको निर्देशक तत्वको रूपमा रहेका हुन्छन् । उद्देश्यले नै शिक्षण सिकाइका सम्पूर्ण क्रियाकलापहरूको स्वरूप सुनिश्चित गर्दछ । पाठ्यक्रमको सफलताको मात्रालाई निर्धारण गर्ने प्रमुख तत्व यसद्वारा निर्धारित उद्देश्यहरूको प्राप्ति नै हो । तर उद्देश्यको प्राप्तिलाई मात्र पाठ्यक्रमको सफलताको आधारको रूपमा लिनु उपयुक्त हुँदैन । किनभने यदि उद्देश्यहरू नै गुणस्तरयुक्त छैनन् भने यिनीहरूको प्राप्तिलाई मात्र पाठ्यक्रमको सफलताको सूचकको रूपमा लिनु उचित हुँदैन । पाठ्यक्रमको सफलताको सूचकको रूपमा स्थापित हुनको लागि यी उद्देश्यहरू पनि गुणस्तरयुक्त हुनुपर्दछ । यसरी शिक्षण सिकाइ कार्यक्रममा निर्धारण गरिएका शैक्षिक उद्देश्यहरूलाई नै मूलभूत पाठ्यक्रमको रूपमा लिन सकिन्छ । यस दृष्टिकोणको प्रवर्तन Tyler(1949) ले आफ्नो पुस्तक “Basic principles of curriculum planning and instruction”मार्फत गरेका थिए । 

शैक्षणिक योजनाको रूपमा पाठ्यक्रम (Curriculum as an instructional plan)

            यो पाठ्यक्रमको परिभाषा सम्बन्धमा आधुनिक दृष्टिकोण हो । यस दृष्टिकोणले पाठ्यक्रमलाई एउटा शैक्षिक योजनाको रूपमा परिभाषित गर्दछ । यस दृष्टिकोणअनुसार पाठ्यक्रम एउटा निश्चित उद्देश्य प्राप्तितर्फलक्षित हुन्छ र पाठ्यक्रममा यी उद्देश्यहरू सामान्य तथा विशिष्ट उद्देश्यको रूपमा समावेश गरिएका हुन्छन् । पाठ्यक्रममा यी उद्देश्यहरूको साथै उद्देश्य प्राप्तिका लागि आवश्यक सिकाइ अनुभवहरू, यी अनुभवहरू प्रदान गर्ने योजनाबद्ध रणनीतिहरू र उद्देश्य प्राप्त भएको वा नभएको जाँच्ने मूल्याङ्कनका प्रक्रियाहरू पनि समावेश गरिएका हुन्छन् । यसरी पाठ्यक्रम एक पूर्ण योजनाको रूपमा हुन्छ जसमा उद्देश्य, कार्यविधि र मूल्याङ्कनका आधारहरू समावेश गरिएका हुन्छन् । यस दृष्टिकोणबाट Alaxender  र Saylor ले पाठ्यक्रमलाई निम्नानुसार परिभाषित गरेका छन्:

“Curriculum is a plan for providing sets of learning opportunities to achieve broad goals and to relate specific objectives for an identifiable population, served by a single school center.”                       (Alexander and Saylor, 1974)

यस दृष्टिकोणले पाठ्यक्रमलाई निश्चित उद्देश्यहरू हासिल गर्न प्रदान गरिने शैक्षिक अनुभवहरूको योजनाको रूपमा परिभाषित गरेको छ ।

यस बाहेक पाठ्यक्रमलाई अन्य थप दृष्टिकोणबाट पनि परिभाषित गरिएको छ । Stenhouse (1975) ले पाठ्क्रमलाई एक प्रक्रियाको रुपमा (Curriculum as a process) प्रस्तुत गरेका छन् । उनको अनुसार पाठ्यक्रम एक साध्य नभएर साधन हो । उनको अनुसारः

Curriculum is an attempt to communicate the essential principles and features of an educational proposal in such a form that it is open to critical scrutiny and capable of effective translation into practice”  (Stenhouse, 1975) 

            Glatthorn (2000)को अनुसार पाठ्यक्रमको योजनादेखि यसको कार्यान्वयन र सिकाइसम्म पुग्दा यसको स्वरुपमा व्यापक परिवर्तन हुन्छ । उनको अनुसार यस प्रक्रियामा पाठ्यक्रम सात स्वरुपमा परिवर्तन हुन्छ । उनले पाठ्यक्रमका निम्नानुसारका सात क्रमिक स्वरुपहरु प्रस्तुत गरेका छन्ः

पहिलो: सिफारिस गरिएको पाठ्यक्रम (Recommended curriculum)

दोश्रो: लिखित पाठ्यक्रम (Written curriculum)

तेश्रो: शिक्षण गरिएको पाठ्यक्रम (Taught curriculum)

चौथो: समर्थित पाठ्यक्रम (Supported curriculum)

पाँचौ: आँकलन गरिएको पाठ्यक्रम (Assessed curriculum)

छैठौं: सिकिएको  पाठ्यक्रम (Learnt curriculum)

सातौं: सुषुप्त पाठ्यक्रम (Hidden curriculum)

(Glatthorn ,2000)

पहिलो स्वरुपमा पाठ्यक्रम एक सिफारिस गरिएको पाठ्यक्रम (Recommended curriculum) को रुपमा रहेको हुन्छ । तर सिफारिस गरिए अनुरुप यसको विकास हुदैन र यसको दोश्रो स्वरुप लिखित पाठ्यक्रम (Written curriculum) देखापर्दछ । यसको तेश्रो स्वरुप शिक्षण गरिएको पाठ्यक्रम (Taught curriculum) देखापर्दछ, जुन लिखित पाठ्यक्रम भन्दा सञ्कुचित हुन्छ । यस पछि यसको चौथो स्वरुप समर्थित पाठ्यक्रम (Supported curriculum) देखापर्दछ,  जुन शिक्षण गरिएको पाठ्यक्रम भन्दा थप सञ्कुचित हुन्छ । समर्थित पाठ्यक्रम पश्चात पाँचौ चरणमा आँकलन गरिएको पाठ्यक्रम (Assessed curriculum) देखापर्दछ जुन झन सञ्कुचित भएर जान्छ । आँकलन गरिएको पाठ्यक्रमले जति क्षेत्र समेट्छ छैठौं चरणको सिकीएको  पाठ्यक्रम (Learnt curriculum) झन सञ्कुचित भएर जान्छ । यसरी सिफारिस गरिएको पाठ्यक्रमबाट सिकीएको  पाठ्यक्रमको तहसम्म पुग्दा यसको क्षेत्र निकै सञ्कुचित हुन्छ । यस कमिको पूर्ति सुसुप्त पाठ्यक्रम (Hidden curriculum) ले गर्दछ । सुसुप्त पाठ्यक्रम भनेको पाठ्यक्रममा उल्लेख नगरिएका र विद्यालयले औपचारिक शिक्षामार्फत विकसित गर्न प्रयास नगरिएका भए तापनि विद्यालयअन्तर्गतको शैक्षिक कार्यक्रमको फलस्वरूप विकसित भएका सम्पूर्ण मूल्य, मान्यता, ज्ञान, व्यवहार आदिको संगालोलाई भन्न सकिन्छ । यसले यसरी सिफारिस गरिएको पाठ्यक्रमबाट सिकीएको  पाठ्यक्रमको तहसम्म पुग्दाको क्षतिलाई न्यूनिकरण गर्दछ  (Glatthorn ,2000) ।

५. निश्कर्ष (Conclusion)

            समग्र रूपमा विश्लेषण गर्दा पाठ्यक्रमलाई विभिन्न विद्वान्हरूले विभिन्न दृष्टिकोणबाट परिभाषित गरेको तथ्य देखा पर्दछ । तर जुनसुकै रूपमा परिभाषित गरे तापनि पाठ्यक्रम एक निश्चित उद्देश्य प्राप्तिको लागि अग्रसर हुनुपर्दछ भन्ने कुरामा यी दृष्टिकोणहरूमा समानता पाइन्छ । निश्चय नै यी उद्देश्यहरू साध्य (End or goal) हुन् र पाठ्यक्रम मूल रूपमा यी उद्देश्यहरूको प्राप्तिको एक साधन (Means) मात्र हो । पाठ्यक्रमलाई साध्य अथवा साधन जुनसुकै रूपमा परिभाषित गरिए तापनि यसद्वारा नै पूर्वनिर्धारित वा उद्देश्यअनुरूप सिकाइ अनुभवहरू प्राप्त गरिने भएकोले यसलाई साध्यको साथसाथै साधनका रूपमा पनि लिन सकिन्छ । समग्र रूपमा हेर्दा पाठ्यक्रमलाई निश्चित लक्ष्य प्राप्तिको साधनका रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ । पाठ्यक्रमको लक्ष्य विद्यार्थीमा निश्चित स्वरूपअनुसारको व्यवहारमा परिवर्तन ल्याउनु भएकाले यसलाई व्यवहार परिवर्तन अथवा सिकाइको योजना पनि भन्न सकिन्छ । पाठ्यक्रमका लक्ष्यहरू विषयवस्तु–केन्द्रित अथवा विद्यार्थी–केन्द्रित हुनुपर्दछ भन्ने विवाद पाठ्यक्रमलाई निर्देशित गर्ने दर्शनको विवाद हो । मूल रूपमा पाठ्यक्रम कुनै लक्ष्य प्राप्तितर्फ अभिप्रेरित हुनुपर्दछ र यसमा यी लक्ष्यहरूको प्राप्तिको लागि अपनाउनु पर्ने रणनीति पनि स्पष्ट रूपमा उल्लेख हुनुपर्दछ । यसरी समग्ररूपमा पाठ्यक्रम एक योजनाबद्ध कार्यको रूपमा रहनुपर्दछ, जसअन्तर्गत साध्य र साधन दुवैको स्पष्ट रूपमा व्याख्या गरिएको हुनुपर्दछ ।

 Reference

Glatthorn, A. A. (2000). The principal as curriculum leader: Shaping what is taught and tested (2nd ed.). Thousand Oaks, CA: Sage Publications.

  1. B. R. Swayam, Chandra Bahadur, Kiran Ram (2062), Curriculum Planning and Practices. Kathmandu: Viddyarthi Pustak Bhandar.

Kerlinger, F.N. (1986) Foundations of Behavioral Research. 3rd Edition, Holt, Rinehart and Winston, New York.

Saylor J. G. & Alexander W.M. (1974) Planning curriculum for schools. Holt, Rinehart and Winston, New York.

Stenhouse, L. (1975). An introduction to curriculum research and development. New Jersey: Pearson Education.

Tyler, R. W. (1949). Basic principles of curriculum and instruction. Chicago: University of Chicago Press.

पौडेल, माधवप्रसाद (२०७९). भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति : विद्यार्थी पुस्तक भण्डार ।

ज.ब.रा., स्वयंप्रकाश (२०७८/७९ वि.सं.). पाठ्यक्रम तथा मूल्याङ्कन  ; पिनाकल पब्लिकेसन ।