राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश


लेखक : लेखापढी      १४ भाद्र २०८०, बिहीबार १८:१३ मा प्रकाशित     
राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

रिटको विषयवस्तु हेर्दा छिटो टुङ्गोमा पुग्नुपर्ने प्रकृतिको देखिएको भन्दै अदालतले अग्राधिकार दिई नियमानुसार पेश गर्न पनि आदेश दिएको छ ।