सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन


लेखक : लेखापढी      ३० श्रावण २०८०, मंगलवार १७:४२ मा प्रकाशित     
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन्।

लफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरूको उपस्थित थियो।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन्।

छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पुयाउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।