‘यो देश हिन्दू राष्ट्र थियो, हिन्दू राष्ट्र हो र हिन्दू राष्ट्र रहिरहन्छ’


लेखक : लेखापढी      ३० श्रावण २०८०, मंगलवार १४:२० मा प्रकाशित     
‘यो देश हिन्दू राष्ट्र थियो, हिन्दू राष्ट्र हो र हिन्दू राष्ट्र रहिरहन्छ’

नेपालका ठूला व्यापारी वरुण चौधरीको निमन्त्रणामा बागेश्वर धामका पीठाधीश्वर पण्डित धीरेन्द्रकृष्ण शास्त्री नेपाल आउँदैछन्। यसैबीच, धीरेन्द्रकृष्ण शास्त्रीले एउटा भिडियो सार्वजनिक गर्दै भव्य दिव्य तयारी गर्नु भन्नुभएको छ ।

धीरेन्द्र चौधरी ग्रुपले निर्माण गरेको नवलपरासीस्थित मन्दिर शाश्वतधाममा उसैको निम्तोमा आउन लागेका हुन्।यहाँ उनले भदौ १९, २० र २१ गते जनतालाई रामकथा सुनाउने छन् । धीरेन्द्रकृष्ण शास्त्रीले नेपाल हिन्दू राष्ट्र थियो, हिन्दू राष्ट्र हो र नेपाल हिन्दू राष्ट्र नै रहने भन्दै भिडियो सार्वजनिक गरेका छन् ।