अहम हुनाले कति लड्छ मान्छे ?
लालच हुनाले कति सड्छ मान्छे ?
अंकुश लगाइकन इन्द्रीयैमा
बुद्धि विवेक जपिराख्नु स्वहृदयैमा
छल गर्न छोडौँ, हित – गित गाँउ
इनै पाखुरामा मित – प्रीत लाउँ
संघर्षका खोँच लडी जित पाउँ
सत्मार्ग हिड्नाकन रित लाउँ
नकाट्नु कुरा, मनमा बिचार्नु
कुकर्म,कुभाव बलले घिसार्नु
उद्यम नछोड्नु, सहकार्य गर्नु
चिन्ता,तनावसँग झम्टी स्वमूल्य बुझ्नु
पाँचतत्वको देह महत्व बुझ्नु
काम् क्रोध त्याग्नु , गतिशील बन्नु
विज्ञानको सत्य चिनेर हिड्नु
इमानको वस्त्र सदा पहिर्नु
डुब्दैन कोही नदीमा खसेर
डुबिन्छ पौडी कि त न सकेर
सपना बुनि को छ र श्रेष्ठ भाको
बिना काम् उमेरले, कहाँ हुन्छ पाको ?
लछार्नु पिट्नु आलस्यताकन
सुन्दर बनि नाघ्नु प्रहारले झन
अघाइ बस्नु सुखभोग बाट
उर्जा जुटाइ पर भाग्नु रोगादिबाट
कुरा नगर्नु, बरु काम धेरै
छुरा नरोप्नु , सहयोग धेरै
पुरा गरौँ काम,अधुरो नराखौँ
सुरा बनौ,काम गरौ सपारौँ
परोपकारै छ ठुलो सिँचाइ
चुम्बकसरी धर्म जहाँ खिँचाइ
माता पिता धरमको पथमा दगुर्दा
नाशिन्छ सब् दुख, गुरुमन्त्र जप्दा
शिवराज कलौनी
भिमदत्त नगरपालिका -३, कन्चनपुर
Post Views: 149