वीरगन्जमा आदिकवि भानुभक्त आचार्यको नयाँ शालिक अनावरण


वीरगन्जमा आदिकवि भानुभक्त आचार्यको नयाँ शालिक अनावरण

वीरगन्ज : वीरगन्जमा शुक्रबार नेपालका आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गरिएको छ।

भानु जयन्तीकै दिन वीरगन्जको नयाँ बसपार्कस्थित भानुचोकमा स्थापना गरिएको आदिकवि आचार्यको नयाँ शालिक अनावरण गरिएको हो। लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले आदिकवि आचार्यको अनावरण गरे।

यसअघि बसपार्कको भानु चोकमा स्थापना गरिएको आदिकवि आचार्यको शालिक मधेस आन्दोलनका क्रममा भत्काइएको थियो। त्यही ठाउँमा अहिले वीरगन्ज महानगरपालिकाले निर्माण गरिदिएको नयाँ शालिक शुक्रबार भानु जयन्तीकै अवसर पारेर अनावरण गरिएको हो। 

भानु जयन्तीकै अवसरमा शुक्रबार वीरगन्जमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको थियो।