काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त


लेखक : लेखापढी      २० असार २०८०, बुधबार १५:३९ मा प्रकाशित     
काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त

काठमाडौँ- गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका बस्नेत मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा थिए । 

यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।