नारायणगढ-मुग्लिन सडक खुल्यो


लेखक : लेखापढी      १७ असार २०८०, आईतवार १८:२५ मा प्रकाशित     
नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन — तुइन खोला पुलनजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको छ ।

सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । सडकमा गाडीहरू निकै धेरै छन् । आ-आफ्ना लेनअनुसार गाडी चलाउन कार्यालयले चालकहरूलाई अपिल गरेको छ । 

शनिबार रातिदेखि नै सडक अवरुद्ध भएकाले सवारी साधनको लामो लाइन लागेको छ ।