काठमाडौँ — पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
शाह लामो समयसम्म नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरेका व्यक्ति हुन् । साथै उनी बीचमा केही समय मेगा बैंकमा समेत आबद्ध भए । उनी मेगा बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकमा समेत काम गरेका उनले इसिमोडमा समेत वित्तीय विश्लेषकका रूपमा काम गरेका थिए ।
रास्वपाले बिहीबार पार्टी स्थापनाको पहिलो वर्षगाँठसमेत मनाउँदैछ । पार्टी स्थापना भएको वर्ष दिनको अवसरमा पार्टीले बिहीबार चियापान समारोहको आयोजना गरेको थियो ।