उत्तराखण्ड कार दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु


लेखक : लेखापढी      २८ जेष्ठ २०८०, आईतवार १७:२६ मा प्रकाशित     
उत्तराखण्ड कार दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु

कञ्चनपुर- भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई वटा स्कुटर ठोक्किंदा स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, उनकी बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू पूजापाठ सकेर फर्किरहेका थिए ।

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ ।