काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा बजेटमाथि कविता वाचन गरेका छन्। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमाथि छलफलमा भाग लिदै सांसद पन्तले कवितामार्फत् बजेट दिशाहिन र लक्ष्यहिन भएको टिप्पणी गरेका छन्। उनले बजेटमा कुनै कमिटमेन्ट नभएको भन्दै हेर्दा सबैथोक, खोज्दाखेरि केही पनि नभएको प्रतिक्रिया दिएका छन्।
सांसद पन्तले आर्थिक सूचांकहरू सबै नकारात्मक रहेको बताए। पुँजी निर्माणमा पैंसाभन्दा पनि कमिटमेन्ट महत्वपूर्ण हुने बताए। बजेटले जनतालाई छुन नसकेको उनको भनाइ छ।
सांसद् पन्तले वाचन गरेको कविता
दालको केको गहतको
बजेट कस्को महतको
धन्याढ्याको जुँगामा ताउ
गरिबले चाहि हावा खाउ
हुनेखाने मस्तराम
हुँदाखाने ठण्डाराम
बजेट आयो बजेट आयो
अन्तिममा जनता जिल्ला राम ।