नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा अनेरास्ववियूको प्रदर्शन, १६ जना पक्राउ


नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा अनेरास्ववियूको प्रदर्शन, १६ जना पक्राउ

काठमाडौं। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि प्रदर्शन गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको नेता कमलराज जोशीले बताए ।

जिल्ला प्रहरी परिसर, टेकुका एसपी सिताराम रिजालले चाहिँ ८ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको हो’, उनले भने । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधयेक हालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणिकरण गरेका थिए ।