सवारी दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु


सवारी दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु

आज विहान सवारी दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँ रहेको र घाइते काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडा रहेका र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चालकको टाउको र घाँटीमा चोट लागेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।