अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री


अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री

रेयाना बर्नावी,अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री भएकी छिन्। उनी स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी हुन्।

साउदी अरबमा पुरुष अभिभावकत्वको कानुनका कारण महिलाहरुले सीमित अधिकार पाउने गर्छन। सन् २०१८ मा मात्रै साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार पाएका थिए । अरबी महिलाहरुको हकमा यो एउटा ठूलो उपलब्धि हो। उनले आफ्नो कामबाट मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने आशा राखेकी छिन्।

उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्नेछिन्।

 अमेरिकाबाट प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्।